News

२९ बर्षमा ज्यान गुमाएकि सावित्राको परिबारले खोले यस्तो रहस्य, सरकार भन्छ कोरोनाले मृत्यु

काठमाडौँ – कोरोनाभाइ’रसबाट ज्यान गु’माएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका–९ मा बस्दै आएको पाइएको छ । उनका श्रीमान नेपाली सेनाबाट अवकाश प्राप्त पूर्व सरकारी कर्मचारी हुन् ।

मृ’तकका एक जना आफन्तले बताएअनुसार त्यसयता टोखा नगरपालिका–९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।

टोखामै रहेका बेला २३ वैशाखमा व्यथाले च्यापेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । ‘भोलिपल्ट छोरा जन्मियो र २५ गते उहाँ डिस्चार्ज हुनु भएको थियो’, बाह्रविशे गाउँपालिकाका मेयर निमफुन्जो शेर्पाले भने, ‘डिस्चार्ज भएर उहाँ सिधै गाउँमा आउनु भएको थियो ।

’लकडाउनका कारण काठमाडौंमा बस्न समस्या हुने भएकाले परिवारले उनलाई गाउँ लगेको थियो । तर गाउँ गएलगत्तै श्वास’प्रश्वासमा समस्या देखिएको थियो ।

बाह्रविसेस्थित प्राथमिक उपचार केन्द्रमा लगियो । कोरोनासँग मिल्दोजुल्दो ल’क्षण देखिएको भन्दै धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पतालले काठमाडौं लैजान सुझाएको थियो तर कपडा लिन भन्दै उनीहरु फेरि गाउँ फर्किए ।

तर पुनः धुलिखेलतिर आउने क्रममा उनको बाटैमा मृ-त्यु भएको पारिवारिक स्रोतले जनाएको छ तर उनको कोरोना सं’क्रम’णका कारण मृ-त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close