News

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई जन्डिस देखिएको छ

  • काठमाडौँ, ४ जेठ। नेपालमा पहिलो चोटी कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने महिलाको शिशुलाई जन्डिस देखिएको छ।

    अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकार अनुसार सिन्धुपाल्चोककी २९ वर्षीया उक्त महिलाको १२ दिने शिशुसहित उनको परिबारका सबै जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको जानकारी गराएका छन् ।

    ताम्राकारका अनुसार बाकि ३ जना (आमा, बहिनि र श्रीमान) को पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिसकेको जानकारी दिएका छन्।

    शिशुमा भने जन्डिस देखिएको तर यसमा कुनै आतिनु पर्ने कुरा नभएको, सामान्य बच्चालाई पनि जन्डिस देखिने उनले बताएका छन्।

    बच्चा महिना नपुग्दै जन्मिएको र आमालाई कोरोना संक्रमण देखिएकोले शिशुलाई विशेष बालरोग विषेशज्ञको निगरानीमा राखेर उपचार गराइरहेको उनले जानकारी दिएका छन्।

    उक्त महिलाले वैशाख २४ गते टिचिङ अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन्। बच्चा सातौं महिनामा जन्मिएको थियो।

    मृतक महिलाको हिजो मात्रै पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि गरिएको थियो ।

Related Articles

Back to top button
Close