News

परदेशबाट फर्किए, घरमै क्वारेन्टाइनमा बसे, श्रीमतीले भेट्न मानिनन्, दुःखी जयले आत्महत्या गरे

काठमाडौं। होम क्वारेन्टाइनमा बसेका श्रीमानसँग श्रीमतीले भेट्न नमानेपछि ती युवकले आत्महत्या गरेका छन् । उत्तर प्रदेशको जौनपुरमा कोरोनाको डरका कारण ती युवतीको जीवन उजाडिएको छ । होम क्वारेन्टाइनमा बसिरहेका युवकले श्रीमतीलाई भेट्न चाहेका थिए तर श्रमितीले भेट्न नमानेपछि दुःखी युवकले आत्महत्या गरेका हुन् ।

आज तकका अनुसार जयकुमार मौर्य नामका युवक ४ दिन पहिले मुम्बइबाट फर्किएका थिए । उनलाई घरकै एक कोठामा होम क्वारेन्टाइनमा राखिएको थियो । कोरोनाबाट संक्रमित हुने डरले उनकी श्रमितीले उनलाई झ्यालबाट त हेर्थिन् तर उनको नजिक जान मान्दिनथिन् । १५ मेका दिन जयले श्रीमतीलाई कोठामा बोलाएका थिए तर उनकी श्रीमतीले मानिनन् ।

जयले श्रीमतीलाई पटक पटक कोठामा आउन आग्रह गरे तर कोरोनाको डरले श्रीमती कोठामा गइनन् । श्रीमतीले पटक पटक अस्वीकार गरेपछि ती दुईबीच झगडा भयो । झगडाबाट आहत भएपछि जय कुमारले घर नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरे । बिहान उनको शव बरामद भएपछि पुलिसले यसको थप जाँच गरिरहेको छ ।

Related Articles

Back to top button
Close