News

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाण्डौं – बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नरैनापुर गाउँपालिकामा रहेको दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेन्टाइनमा बसेका युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

भारतको मुम्बईबाट फर्किएका ती युवालाई वैशाख ३० गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । यसअघि नरैनापुरको सोही क्वारेन्टाइनमा राखिएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले पनि सो क्वारेन्टाइनमा ३८ जनालाई राखिएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ ।

Related Articles

Back to top button
Close