News

११ दिने शिशुसहित १४ जना धुलिखेल अस्पतालको आइसोलेशनमा

काभ्रे : कोरोनाभाइरसका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको ११ दिने शिशुसहित १४ जनालाई धुलिखेल अस्पतालको आइसोलेशनमा राखिएको छ ।

मृतक महिलाको श्रीमान, ११ दिने शिशु, मृतकको आमा र बहिनीलाई पनि अस्पतालका चिकित्सकहरुको निगरानीमा आइसोलेशनमा राखिएको धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारले जानकारी दिए ।

मृतक महिलाको उपचारमा खटिएका डक्टरहरुको टीम १० जनालाई पनि धुलिखेल अस्पतालकै आइसोलेशनमा राखिएको डा. ताम्राकारले बताए । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको ११ दिने नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. ताम्राकारले जानकारी दिए ।

अस्पतालको आकस्मिक कक्षमा किटाणु रहित गर्नका लागि शनिबार बिहान ११ बजेदेखि आइतबार ८ बजेसम्म अस्पताल परिसरमा आवतजावत बन्द गरिए पनि अहिले आकस्मिक सेवा सुचारु रहेको अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button
Close