News

काठमाडौंको माछापोखरीमा १५ जनामा देखियो आरडिटी पोजेटिभ

काठमाडौं – काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना प’रीक्षण गरिएको छ । आइतबार सो क्षेत्रमा कोरोना प’रीक्षणलाई तिव्र पारिएको हो ।

बसर्पाक क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी महिलाको कोरोना सं’क्रम’णबाट मृ-त्यु भएपछि सो आसपास क्षेत्रमा प’रीक्षणलाई तीब्र पारिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले, ट्राफिक प्र’हरी र बाहिरबाट आएकाहरुको कोरोना प’रीक्षण गरिएको हो ।

प’रीक्षणपछि १५ जनामा आरडिटी पोजेटिभ आएको कामनपा १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । आरडिटी प’रीक्षणमा पोजेटिभ देखिएकाहरुको पीसीआर प’रीक्षणका लागि पठाइएको उनले बताए ।

पीसीआर नतिजा आएपछि मात्रै उनीहरुमा कोरोना सं’क्रम’ण भए–नभएको आधिकारिक पुष्टि हुने जनाइएको छ ।

Related Articles

Back to top button
Close