News

साढे १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित उपचार पछि निको भएर घर फिर्ता

काठमाडौं- विश्वमा साढे १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । । ४७ लाख ९८ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको र १८ लाख ५५ हजार भन्दा धेरै जना उपचार पछि निको भएर घर फर्किएको बताइएको छ । त्यस्तै कोरोनाका कारण ३ लाख १६ हजार ५ सय १४ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने ९१ हजार जनाको ज्यान गएको छ ।

यसै गरी २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित मध्य रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् । २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । यस्तै बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । ब्राजिलमा ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् । २ लाख ४१ हजार भन्दा धेरै सङ्क्रमित छन् ।

Related Articles

Back to top button
Close