International

जर्मन मन्त्रीको आरोप : अमेरिकाले हाम्रो मास्क जफत गर्यो

बर्लिन : जर्मनीका सरकारी अधिकारीहरुले आफूकहाँ ल्याउन तयार पारिएका मास्क अमेरिकाले जफत गरेको आरोप लगाएका छन् ।

दुई लाखवटा मास्क अमेरिकाले चोरेको भन्दै बर्लिनस्थित एक स्थानीय सरकारले जनाएको हो । बिबिसीका अनुसार ती मास्क बर्लिनको प्रहरीका लागि मगाइएका थिए । बर्लिनका आन्तरिक मामिला मन्त्री आन्द्रियस गिजेलले अमेरिकामाथि आरोप लगाए ।

उनका अनुसार अमेरिकाले दुई लाखजति एन ९५ मास्क, एक लाख ३० हजार सर्जिकल मास्क र ६ लाख पन्जा जफत गरेर कब्जा गरेको थियो । अमेरिकाको यस्तो कार्यलाई जर्मन मन्त्रीले ‘आधुनिक डकैती’को संज्ञा दिएका छन् । साथै ट्रम्पले व्यापारिक नियम उल्लंघन गरेको पनि उनको आरोप छ ।

तर अमेरिकाले ती मास्क कसरी र कहाँबाट जफत गरेको उल्लेख गरिएको छैन । विश्वव्यापी संकटका बेला अमेरिकाले गरेको यस्तो कामको ती जर्मन मन्त्रीले कडा आलोचना गरेका छन् ।बिबिसीका अनुसार मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धका बेला निर्मित कानुन मार्फत ट्म्पले उत्पादन र निर्यातमा प्रतिबन्ध लगाइदिएका थिए ।

Related Articles

Back to top button
Close