News

नेपालमा थप ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
बाँकेमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै जिल्लामा संक्रमितको संख्या ८१ पुगेको छ। जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा एकजनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार मिडिया ब्रिफिङमा यो जानकारी गराएको हो।
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। आज ४७ थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको हो। भेरी अस्पतालमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोमबार बिहान पनि ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।

Related Articles

Back to top button
Close