News

फेरी नेपालमा आइसोलेशनमा राखिएका २२ बर्षीय युवकको मृ-त्यु

काठमाडौँ – आईतबार राती १० बजे रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका रोल्पा नगरपालिका–१ घर भएका २२ वर्षका युवकको मृ-त्यु भएको छ ।

आईतबार राती भर्ना भएका उनको सोमबार दिउसो ४ बजे मृ-त्यु भएको हो । काठमाण्डौंमा मृगौलाको डायलासिस गराइरहेका उनी आईतबार बेलुका मात्रै रोल्पा पुगेको थिए ।

आईतबार केहि समय खोकी लागेकाले उनको स्वाब परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिईन् ।

 

यो पनि पद्नुहोस

काठमाडौँ : कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनहरु विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुरुप नभएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

हाल स्वास्थ्य निगरानीका लागि सञ्चालन भइरहेका क्वारेन्टाइनहरुमा पिउने पानी, शौचालय, पोषणयुक्त खाना, नियमित स्वास्थ्य हेरचाहको उचित व्यवस्थापन नभएको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमणबाट मृत्यु भएकाहरुको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ । साथै उनीहरुका लागि उचित राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

यस्तै देशभर व्यवस्थापन गरिएका क्वारेन्टाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नभएको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । क्वारेन्टाइनमा देखिएको अव्यवस्थित अवस्थालाई औंल्याउँदै आयोगले मानव अधिकार नै संकुचित भएको जनाएको छ ।

साथै डब्लूएचओको मापदण्ड अनुरुप क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका लागु गर्न पनि आयोगले सरकारसमक्ष माग गरेको छ । सबै क्वारेन्टाइनले पिउने पानी, स्वास्थ्य हेरचाह, सरसफाइ, सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने आयोगको सुझाव छ ।

पछिल्लो समय कतिपय क्वारेन्टाइनबाट बिरामीहरु त्यहाँ बस्न नसक्ने भन्दै भागेका छन् । खानपिन, सरसफाइ जस्ता कुरामा व्यवस्थापकले चासो नदेखाएको र जेल जीवन जस्तो भएको भन्दै बिरामीहरु भाग्न थालेपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

 

 

Related Articles

Back to top button
Close