News

बुवासँगै आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना

बुवासँगै आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना#

 

धरान : इटहरी बसेर धरानमा पढ्ने एक युवामा कोरोना संक्रमण भेटिएको छ। केही दिनअघि ज्वरो आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना पाइएको हो।

इटहरी २ का १८ बर्षीय ती युवा बुवासँगै आइसोलेसन वार्डमा राखिएका थिए। ज्वरो आएपछि इटहरीस्थित एक मेडिकल पुगेका उनलाई डाक्टरले धरान पठाएका थिए। धरानमा पुग्ने बित्तिकै उनलाई बुवासहित नै आइसोलेसन वार्डमा पठाइएको थियो।

यस्तै, सुनसरीकै पश्चिम कुसाहमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। यसअघि सुनसरीको गढी गाउँपालिकाको क्वारेन्टाइनम बसेका युवामा कोरोना देखिएको थियो।

 

 

 

 

यो पनि पद्नुहोस

मङ्गलबारे, ६ जेठ- इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ज्यान लिएकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ज्यान लिएकी हुन् ।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा झ-गडा हुँदा छोरीले नै ज्यान लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झ-गडा भएको थियो । फुलबहादुरको टाउकोमा चो-ट देखिएको छ । टाउकोमा चि-र्पट प्र-हार गरेर ज्यान लिएको हुनसक्ने बताइएको छ ।

“गहिरो चो-ट नदेखिएका कारण धा-रिलो ह-तियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भन्नुभयो । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झ-गडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । (रासस)

Related Articles

Back to top button
Close