Video

अत्यन्तै दु’खद खबर नेपालमा आइसोलेशनमा राखिएका एक बिरामीको मृत्यु हेर्नुहोस भिडियो सहित

६, जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।

क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको मृत्युको कारण खुलेको छैन।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड- १९ परीक्षण प्रयोगशाला पठाइएको छ।

Related Articles

Back to top button
Close