News

थप २७ जनामा कोरोना पुष्टि, कुल संक्रमित सङ्ख्या ४०२ पुग्यो

काठमाडौं ०६ जेठ / पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या तिव्र गतिमा बढिरहेको छ । आज मंगलबार थप २७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको सङ्ख्या ४०२ पुगेको जनसंख्या तथा स्वस्थ्य मन्त्रायलका प्रवक्ता विकाश देवकोटाले जानकारी दिनु भयो ।”

Ads by AdMana.net
नेपालमा हालसम्म कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाइसकेको छ , सिन्धुपाल्चोककि २९ बर्षिया महिला र बाँकेका २५ बर्षिया युवाको कोरोनाबाट ज्यान गएको हो । त्यस्तै कोरोना जितेर निको हुनेको सङ्ख्या ३७ पुगेको छ ।

आज मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् भने काठमाडौं , ललितपुर , सिन्धुली, लमजुङ, मकवानपुर, रामेछाप र ललितपुरमा गरि २७ जना थपिएका हुन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएकाे छ । प्रदेश १ मा पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् भने दुईजना सुनसरीका रहेका छन् ।

हिजो (सोमबार) एकैदिन ८० जनामा कोरोना पुष्टि भएकाे थियाे । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।

Related Articles

Back to top button
Close