News

अब आँफैले पैसा तिरेर ब्यक्तिगत रुपमा नै कोरोना परीक्षण गराउन पाउने

काठमाडौं – अहिलेसम्म सरकारी तवरबाट मात्रै परिक्षण गराइदै आएको कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर परिक्षण आँफै गराउन पाइने भएको छ । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

जसअन्र्तगत अब इच्छा लागेका ब्यक्तिले स्वेच्छाले परीक्षण गर्न पाउने भएसँगै अब भने संक्रमितको महिचानमा थप सहज हुने भएको छ । सरकारले पीसीआर परीक्षणको दायरा बढाउने उदेश्यले तोकिएको स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने जनाएको छ ।

 

 

यो पनि पद्नुहोस

काठमाडौँ, ६ जेठ – कोभिड–१९ को सङ्क्रमण आज २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो ।

आज २७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् । प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट टे«सिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताउनुभयो । उहाँले आज कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिनुभयो । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।(रासस)

Related Articles

Back to top button
Close