News

सिंगापुरमा विद्यालय र कार्यालय अझै एक महिना बन्द !

एजेन्सी । सिंगापुरमा कोरोनाभाइरस संक्रमण पछिल्लो समयमा बढेपछि सबै विद्यालय र कार्यालयहरू एक महिनाका लागि बन्द गरिने भएको छ । शुक्रवार सरकारले यसको घोषणा गरेपछि मानिसहरू सामानको जोहो गर्न दौडिएका छन् ।

सिंगापुरले भाइरसविरुद्ध दुई महिनासम्म लडाइँ गरेकोमा अन्तराष्ट्रिय रूपमा प्रशंसा भइरहेको छ । त्यहाँ अहिलेसम्म लकडाउन लगाइएको छैन ।

तर यो हप्ता संक्रमणहरूमा वृद्धि देखिएकाले थप कडा उपाय अपनाउन सरकार बाध्य भएको हो । सरुवा रोग विशेषज्ञहरूले सिंगापुरमा भाइरसविरुद्धको लडाइँमा केही कमजोरी देखिएकाले संक्रमण अहिले बढेको र महाव्याधि रोक्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

Related Articles

Back to top button
Close