News

कोरोना संक्रमित र मृतकको ठेगाना खुलाउन सूचना आयोगको निर्देशन

काठमाडौं : राष्ट्रिय सूचना आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन निर्देशन दिएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगकी सदस्य एवम् प्रवक्ता कमला ओली थापाले यस्तो निर्देशन दिएकी हुन्।

‘मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिने गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको विषय विभिन्न माध्यमबाट सार्वजनिक भएका छन्’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ कोरोनाबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यसता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोबास गरिहरेको स्थान वा संक्रमण हुँदाको स्थान फरकफरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ। त्यसैले यसरी प्रवाह भइइरहेको सूचना थप स्पष्ट गराई सर्वसाधारणमा सिजर्ना भएको अन्यौल हटाउन आवश्यक देखिन्छ।’

Related Articles

Back to top button
Close