News

काठमाडौंका ७८ जनामा देखियो आरडिटी पोजेटिभ

काठमाडौं – नेपालमा कोरोनाभाइ’रसको सं’क्रम’ण बढे संगै उपत्यकाका बढी भिडभाड हुने क्षेत्रहरुलाई केन्द्रित गरी ३ हजार बढीको कोरोना प’रीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तरकारी तथा फलफूल बजार कालिमाटी, नयाँ बसपार्क गोंगबु, भृकुटीमण्डप र सरसफाइ सेन्टरमा गरी लगायतका स्थानमा गरी नमुना २ हजार २ सय ३६ वटा आरडिटी र १ हजार १९ वटा पीसीआर विधिमार्फत प’रीक्षण गरिएको जनाएको छ।

तीमध्ये अहिलेसम्म ७८ जनामा आरडिटी पोजेटिभ देखिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कालिमाटी क्षेत्रमा गरिएको ७ सय वटा आरडिटीको नमुना प’रीक्षणमा ३ वटा पोजेटिभ रिपोर्ट आएको बताए। पीसीआर विधिबाट गरिएका ३३४ वटाको परीक्षणमा भने सबै रिपोर्ट नेगेटिभ आएको छ।

त्यस्तै, सरसफाइ सेन्टरमा गरिएको ६६४ वटा आरडिटी परीक्षणमा ३१ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यहाँ गरिएको २६७ वटा पीसीआर प’रीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ।

यसैगरी गोंगबु क्षेत्रमा गरिएको ४२० आरडिटी प’रीक्षणमा १५ वटा पोजेटिभ रिपोर्ट आएको छ। १७२ वटा पीसीआर रिपोर्ट आउन बाँकी छ।

त्यस्तै, भृकुटीमण्डपमा ४५२ वटा आरडिटी प’रीक्षणमा ३२ वटा पोजेटिभ आएको छ । त्यहाँ गरिएको २४६ पीसीआर रिपोर्ट पनि आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म आरडिटी प’रीक्षणमार्फत पोजेटिभ रिपोर्ट आएकाहरुको पीसीआरमा पुनःप’रीक्षण गर्ने क्रम जारी रहेको बताइएको छ।स्रोत : थाहा खबर

Related Articles

Back to top button
Close