News

कोरोना कहर: रुसमा भन्दा भारतमा धेरैको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को हब बनेको रुसमा भन्दा भारतमा धेरै संक्रमितको ज्यान गएको छ।

मंगलबार एकै दिन रुसमा ११५ जनाको ज्यान गएको छ भने भारतमा १४६ संक्रमितले ज्यान गुमाएका छन् । मंगलबार रुसमा ९ हजार २६३ संक्रमित थपिँदा भारतमा ६ हजार १४७ संक्रमति भएका छन् । भारतमा एकै दिन थपिने संक्रमितको संख्या यो सबैभन्दा धेरै हो ।

कोरोना भाइरसको प्रभावित हुने देशको दोस्रो स्थानमा रहेको रुसमा हालसम्म २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये २ हजार ८३७ जनाको ज्यान गएको छ। र, ७६ हजार १३० संक्रमित निको भएका छन् ।

यस्तै हालसम्म १ लाख ६ हजार ४७५ जना कोरोना संक्रमित भएको भारतमा ४२ हजार ३०९ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ३ हजार ३०२ जनाको ज्यान गएको छ ।

रुसमा झण्डै ३ लाख संक्रमित हुँदा २ हजार ८३७ को ज्यान गएको छ भने भारतमा १ लाख ६ हजार बढी संक्रमितहुँदा ३ हजार ३०२ संक्रमितको ज्यान गएको छ । यसलाई मुल्याङ्कन गर्दा रुसमा भन्दा भारतमा कोरोना मृत्युदर निकै उच्च देखिएको छ ।

Related Articles

Back to top button
Close