News

फेरी अर्को दु:खद खबर, वाग्लुङ घर भएका २५ बर्षे युवाको मृ-त्यु

काठमाडौँ – वाग्लुङ जिल्ला घर भई अमेरिकाको मेरिल्याण्डमा वस्दै आएका आशिष केसीको मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा आइतबार निधन भएको छ ।

आइतबार निधन भएका २५ बर्षका नेपाली युवा आशिष केसी दाहसंस्कार भोलि गरिने भएको छ । मेरिल्याण्ड क्रिमेशन सर्भिसमा दाहसंस्कार गरिने तय भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिएका छन् । उनको दाहसंस्कारको खर्च भण्डारीको परिवारले बेहोर्ने भएको छ ।

यसैबीच आशिषको परिवारको सहयोगका लागि गोफण्डमीमा सहयोग संकलन अभियान चलाइएको छ । वाग्लुङ समाज, एनआरएनए मेरिल्याण्ड र बानाका तर्फबाट सहयोग संकलन अभियान चलाइएको हो ।

सहयोगको अपिल गर्दै फण्डपेजमा भनिएको छ – ‘नेपाल देखि अमेरिका आउने क्रममा बाटोमा विभिन्न दु’ख, कष्ट झेल्दै अन्तत अमेरिका आई पुगी कानुनी कागजी प्रकृयामै रहेको अवस्थामा उनको सबै सुनौला सपनाहरुमा पुर्ण विराम लागेको छ ।’

‘आशिषका आमाबाबु आशाको केन्द्रविन्दु रहेको छोरा गुमाउनुको मानसिक तनावमा त छदैछन् । अर्को तर्फ उनी अमेरिका आउने क्रममा खर्चिएको ठुलो रकम तिर्न बाँकी रहेकाले उक्त रकम तिर्नु पर्ने आर्थिक ज़िम्मेवारी पनि बुबाआमा थपिएको छ ।

नेपालमा रहेका परिवारजनमा राहत सहयोग पुग्न सकोस् भनि सबैबाटसहयोगका लागी अनुरोध गर्दछौ ।’ – गोफण्डमीमा सहयोगको अपिल गर्दै भनिएको छ । source danphekhabar.com

Related Articles

Back to top button
Close