Video

कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको छैन, मृत्यु भएको खबर गलत कसरी फैलियो हल्ला ? अस्पताल सञ्चालक भट्टराई

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको भनिएका गुल्मिका एक युवकको मृत्यु नभएको पुष्टि भएको छ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालका सञ्चालक सुरज भट्टराईले एभिन्यूज खबरसँग कुरा गर्दै ती युवकको मृत्यु नभएको पुष्टि गरे ।

अहिले सञ्चारमाध्यमहरुमा नेपालमा तेस्रो व्यक्तिको मृत्यु भन्दै खबरहरु सार्वजनिक भइरहेका छन् । तर अस्पतालका सञ्चालक भट्टराई उक्त खबर गलत भएको बताए । उनले भने, ‘म उक्त केशमा अपडेट भइरहेको छु, ती व्यक्तिको मृत्यु भएको छैन, स्वास्थ्य अवस्था स्थिर छ ।’

उनले ती युवकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र मृत्यु भएको खबर गलत भएको जानकारी दिए ।

हेर्नुहोस् अस्पताल सञ्चालक भट्टराई यसो भन्छन् :

Related Articles

Back to top button
Close