News

फेरी कोरोनाबाट लेखक तथा नाटककार रत्‍नाकरको मृत्यु पुरा समाचार पद्नुहोस

काठमाडौ, जेठ ७ – कोरोनाबाट भारतमा चर्चित लेखक तथा नाटककारको मृत्यु भएको छ । उनको ८१ बर्षको उमेरमा आइतबार निधन भएको हो । उनि भारतका मराठी नाटकघरका लेखक तथा निर्देशकका रुपमा चर्चित थिए ।

मुम्बाईको एक अस्पतालमा उपचार गराई रहेका उनको उपचारकै क्रममा मृत्यु भएको भारतिय मिडियाले जनाएको छ । र उनको अन्तिम संस्कार परिवारका केही सदस्यले गराएका छन् ।

 

 

यो पनि पद्नुहोस

चितवन। तारन्तार फोनको घन्टी कसैलाई चिकेन रोल त कसैलाई झोल ममदेखि परौठा र अनेक परिकारको अर्डर टिप्न व्यस्त छन् २३ वर्षीय रन्जता शर्मा । सामान्य ड्रेस अपमा सजिएकी उनी हरबखत रेष्टुरेन्टको काममा व्यस्त रहन्छिन् । उनको अनुहारमा रहरलाग्दो आत्मविश्वास झल्किएको देखिन्छ।

पर्वत दुर्लुङ स्थायी घर भएकी रन्जताले भर्खरै बीबीए सकाएर आफ्नै लगानीमा सप्त गण्डकी चोकदेखि २०० मिटर भित्र बेलना रेष्टुरेन्ट खोलेकी छन् । झन्डै १० देखि ११ लाखको एक्लो लगानीमा रेष्टुरेन्ट खोलेको उनी बताउँछिन। त्यसो त उनका उमेरका साथीहरु विदेश गइरहँदा उनी भने सगौरव भन्छिन्, ‘नेपालमा पनि अवसर धैरै छ ।

आफूले अध्ययन गरिसकेपछि केही न केही आइडिया सबैसँग हुन्छ तर त्यसलाई कसरी समात्ने र प्रयोग गर्ने भन्ने जान्नुपर्छ ।’

उनी अझै थप्छिन् ‘आफूले आँटेको काममा सफल भइन्छ भन्ने पनि छैन तर एक दुई चोटी फेल भइएला तर प्रयास गर्न छाड्नु हुदैन र आफू’ पनि यहि मान्याताले अघि बढ्छु’ उनले मुस्कुराउँदै भनिन् ।

बीबीए पढेर बैँक मै अथवा कन्सलटेन्सी तिर मात्रै लाग्नुपर्छ भन्ने उनलाई लाग्दैन ‘। उनको रेष्टुरेन्टमा सामान्य होटलमा भन्दा फरक स्वादका परिकारमा ममका विभिन्न आइटम झोल मम, एभरेष्ट मम, भेज ममदेखि चिकेन रोल, क्याथे रोल, लाफिङ, दरबारे लस्सी तथा पानी पुरी पनि नयाँ स्वादमा पाइन्छ’ ।

गैँडाकोटदेखि भरतपुर नारायणगढ बजार क्षेत्र तथा सकेसम्म भरतपुरका हरेक क्षेत्रमा खानेकुरा निःशुल्क डेलिभेरी गरिने गरेको उनले बताइन। उनी आफू मात्रै होइन होटलमा थप सात जना कर्मचारी रहेको र कोही कुकिङ कोही डेलिभरीको काम मा खटिने गरेका छन् । रेष्टुरेन्ट सञ्चालन गरेको भर्खरै तीन महिना मात्र भए पनि ग्राहकको भीडभाड र डेलिभरीको लागि भने धेरै नै फोन आउने गरेको देखिन्छ ‘।

दैनिक २० देखि २५ हजार र मासिक ७ लाखसम्म आम्दानी रहेको र आगामी दिनमा व्यावसाय विस्तारको बारेमा सोचि रहेको उनले जानकारी दिइन् । खर्च कटाएर उनले मासिक तीन लाख रुपैयाँ बचाउँ छिन् । उनको यो कदम सम्पूर्ण युवा जो विदेशको मोह र सरकारी जागिरको जोहोमा लागेकाहरुको लागि उदाहरणिय छ ।

Related Articles

Back to top button
Close