News

बिरामी भेन्टिलेटरमा, कुरुवा क्वारेन्टाइनमा, गाउँमा रहेका श्रीमती र छोराछोरी सूचना आतंकमा

काठमाडौं – कोरोना सं’क्रम’णले २३ जनवरी (९ माघ) मा चीनको वुहान लकडाउन भएपछि सं’क्रम’ण रोक्न विश्वभर तयारी सुरु भएको चार महिना भएको छ ।

१८ फागुनमा नेपाल सरकारले कोरोना रो’कथाम र उ’पचारका लागि उच्चस्तरीय समिति गठन गरेर बैठकमाथि बैठक गरिरहेको छ। त्यति मात्र होइन, कोरोना सं’क्रम’ण देखिएपछि ११ चैतदेखि नेपाल पनि लकडाउनमा छ ।

तर, वुहानको ‘आउटब्रेक’यताका एक सय १७ दिन र नेपाल लकडाउनयताका ५८ दिनसम्म नेपालमा कस्तो तयारी भयो? बुटवलमा उपचार गराइरहेका गुल्मीका बिरामीको कथाले हाम्रो तयारीको ऐना स्पष्ट पार्ने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बिरामी भेन्टिलेटरमा छन्, उनको हेरचाह गर्न आएका भाइ क्वारेन्टाइनमा राखिएका छन् । श्रीमती र छोराछोरीलाई फेसबुकका समाचारले सताइरहेका छन् ।

तर, उपचार र बिरामीको अवस्थाबारे न अस्पताल बोल्छ, न सरकार । यही कारुणिक अवस्था नै अहिलेको हाम्रो वास्तविकता हो ।

Related Articles

Back to top button
Close