News

धरानका वडा आफैले नै वितरण गरे ४२ लाख बढिको राहत, यि हुन राहत बाड्ने अध्यक्षहरु

धरान । धरान उप महानगरपालीकालले उपलब्ध गराएको राहत पर्याप्त नभएपछि धरान उपमहानगरपालीकाको विभिन्न वडाका वडा अध्यक्षहरुले आफ्नै पहलमा दोस्रो चरणमा सम्म ४२ लाख भन्दा बढि रकमको राहत आफ्ना वडाका वडावासीहरुलाई वितरण गरेका छन भने अहिले तेस्राो चरणको राहत वितरण भइरहेको छ । उनिहरुले आफ्नै लगानी तथा पहलमा सो राहत समाग्री वितरण गरेका हुन ।

यि हुन आफैले वडावासीलाई राहत सामाग्री वितरण गर्ने अध्यक्षहरु
धरान उपमहानगरपालीका वडा नं. ५ का अध्यक्ष सन्तोस लिम्बुले व्यतिगत खर्चमा वडावासीलाइ २५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ किलो नुन गरेर २१ सय बराबरराहत सामाग्री ८६ परिवारलाइ र उनकै पहलमा प्लान नेपालको सहयोगमा नगद २७३० का दरले २५० परिवारलाई ६ लाख ८२ हजार ५०० रुपैयाँ गरेर ८ लाख ६३ हजार रुपैया अति विपन्न परिवारलाई वितरण गरेका हुन । वडा नंंं. ५ मा ९० प्रतिशत जनसंख्या गरिव रहेको पनि अध्यक्ष लिम्बूले वताएका छन ।
वडा नं. १५ का वडाध्यक्ष नरेश इवारामले पनि वडावासीका समस्यालाई मध्यनजर गरि ७ लाख बरावरको राहत सामाग्री वितरण गरेका छन । उनले विभिन्न व्यवासायी, सामासजिक संस्था, राजनितिक नेता, सांसदहरुबाट सो राहत सामाग्री व्यवस्थापन गरि वितरण गरेका हुन । राहत दिनेहरुमा नेकपा प्रदेश नेता मुक्साहाङ्ग मेनवाङङो १ लाख ५८ हजार , बाझगरा सामुदायिक बनबाट १ लाख, होटल इजिराइडर्सबाट १ लाख ,थ्रेटर ग्रुपबाट १ लाख ९२ हजार, बाझगरा कृषक समुहले ६० हजार , सांसदहरुबाट ७ सय ५० केजी चामल , त्यस्तै प्रदिप श्रेष्ठ ५ सय केजी चामल र अन्य व्यतिm तथा टोल विकास समितिले राहत सामाग्री सहयोग गरेका छन । वडा नं. १५ ठुलो भएकाले नगरबाट दिएको अपुग ७ सय परिवारलाई १ हजार वरावरको राहत सामाग्री वितरण गरेका छन । साथै उपमहानगरपालीकाले गठन गरेको अनुगोमन समितिले पनि अनुगोमन गरिसकेको वताएका छन । १५ नं. वडामा ४० हजार भन्दा बढि जनसंख्या रहेका छन भने ९ हजार भन्दा बढि घरपरिवार र भाडामा बस्ने परिवार हरेका ाछन ।
वडा नंं. १७ का वडाध्यक्ष सुर्य बहादुर भट्टट्टनई (मनोज) ले पनि आफ्ना वडामा रहेका अति विपन्न परिवारलाइ राहत वितरण गर्न उपमहानगरपालीकाले उपलब्ध गराएको राहत पर्याप्त नभए पछि वडाका स्थानिय समाजसेवी, सामाजिक संघसंस्था, राजनैतिक दल विपत व्यवस्थापन समिति लगायत आफै व्यवस्थापन गरेर ६ लाख ७९ हजार ५ सय ४० रुपैया वरावरको राहत सामाग्री वितरण गरेका छन ।
वडा नं. १४ का अध्यक्ष कृष्ण बहहादुर भट्टराईले पनि यस्तै विभिन्न सहयोगीहरु र आफ्फे लगानीमा ४ लाख ५० हजार वरावरको राहत सामाग्री वितरण गरेका छन ।
वडा नंंं. ८ का अध्यक्ष रुद्रबहादुर लिम्बुले पपनि आफ्ना वडावासीलाई ५ मेजी चामल, १ केजी दाल, २ केजी आलु, र आदी डल्लो सावुन सहित ४ लाखको राहत सामाग्री वितरण भएकोमा २ लाख ६२ हजार ९ सय रुपैयाको राहत साामाग्री खरिद गरिएको छ भने १ लाख ३६ हजार १ सय रुपैया प्याकिङ तथा यातायातमा खर्च भएको अध्यक्ष लिम्बुले वताएका छन । ४ लाख मध्ये २ लाख ऋण नै तिर्न रहेको पनि अध्यक्ष लिम्बुले वताएका छन । किन ऋण गरेर वितरण गर्नु भएको भन्ने प्रश्नमा भन्छन अध्यक्ष लिम्बु, पालीकाले उपलब्ध गराएको राहत प्रयाप्त् भएन त्यसो भएपछि वडावासी भोकै बसेको हेरेर बस्ने कुरा भएन ।
वडा नंं. १८ को वडा अध्यक्ष नरेन्द्र कुमार राई ( प्रविण ) ले व्यतिmगत लगानीमा २ लाख र समाजसेवी चन्द्र गुरुङ्गके ६० हजार सहित २ लाख ५० हजार रुपैयाक राहत वितरण गरिसकेका छन ।
वडा नंं. ११ का अध्यक्ष बाबुलाल लामाले व्यतिगत तथा वडाका सामाजिक संघसंस्था, सामाजिक अभियान्ता लगायतबाट वडावासी तथा भाडामा बस्ने बिद्यार्थीहरुलाई २ लाख २२ हजार ६ सय रुपैयाको राहत सामाग्री वितरण गरेका छन ।
त्यस्तै गरेर वडाध्यक्षहरु नं. १९ का पुर्ण बहादुर लिम्बु, वडा नं. ६ भुवन सिंह वस्नेत, वडा नंं. १२ का टंक बहादुर रार्ई, वडा नं. ७ का जिवन सुवेदी र वडा नं. ९ का रत्न कटेवालले क्रमश १ लाख ५० हजार, १ लाख ३५ हजार, १ लाख ३० हजार, १ लाख २३ हजार र ७१ हजार रुपैया रहात वितरण गरेका छन । यसरी जम्मा १२ वटा वडााहरुले ४२ लाख ३४ हजार २४० रुपैयाँ कराकरको राहत सामाग्री वितरण गरेका छन् ।

यसरी नै वडा नं. २, ३, १० र २० वडाका अध्यक्षहरुले पालीकाले उपलब्ध गराए भन्दा अरु राहत वितरण गरेका छैनन भने वडा नं. १, ४, १३ र १६ का वडा अध्यक्षहरुसँग सम्पर्क हुन सकेन ।

Related Articles

Back to top button
Close