News

आज अमेरिकासहित ८ देशका मुद्राको भाउ बढ्यो, कुन देशकाे कति ?

काठमाडौँ । आज जेष्ठ ८ गते (बिहीबार) अमेरिकी डलरसहित ८ देशको विनिमयदर बढेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ५८ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३९ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ७७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ १ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर

Related Articles

Back to top button
Close