News

गुल्मीका कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या तीन पुग्यो

बुटवल – गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको बताइएको छ । उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको थियो । ‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको र शव व्यवस्थापनको तयारी भइरहेको छ ।

संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिन लागेको बताइएको छ ।

Related Articles

Back to top button
Close