News

भर्खरै घट्याे अर्काे द:खद खबर, भेन्टिलेटरमा उपचाररत काेराेना संक्रमित बिरामीको मृ’त्यु

रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले यसको पुष्टि गरेका हुन् । उनले अस्पतालबाट फोन गरी आज विहान मृत्यु भएको जानकारी गराएको र मन्त्रालयले त्यसको रेर्कड गरिसकेको जनाए ।बुधबार पनि अस्पतालले त्यसरी खबर गर्यो पछि होइन भन्यो फेरि आज पनि मृत्युको खबर आयो, सत्य हो त ? भन्ने जिज्ञासामा डा. चौधरीले अस्पतालले त्यसरी कुरा फेरे कार्वाही प्रक्रिया अगाडी बढाउने बताए । उनले भने, मृत्यु भएको हो, मेरो भनाईलाई आधिकारीक मान्नुस् ।

अस्पतालले बिहीबार मृत्यु भएको जानकारी मन्त्रालयलाई जानकारी गराएपनि उनको मृत्यु बिहीबार भयो कि बुधबार भन्ने बिषयमा भने टिकाटिप्पणी भइरहेको छ । बुधबार अस्पतालका अध्यक्षले मन्त्रीसँग क्षमा याचना गर्नु, मन्त्रालयमा अस्पतालबाट फोन गरेर मृत्युको जानकारी गराउनु, तिलोत्तमाका मेयरलाई मृत्यु भएको जानकारी दिनु र पछि कुरा फेरिनुले उनको मृत्युको मिति रहस्यमय बनेको छ।गुल्मी मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्ष उनी यहि जेठ १ गते क्रिमशन अस्पतालमा भर्ना गरिएका थिए । उनको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनि गाउँकै विद्यालयका शिक्षक हुन् ।यसरी फैलियो मृत्युको खबरबुधबार क्रिमशन अस्पतालका अधिकारीबाट ‘उहाँको मृत्यु भयो, शब व्यवस्थापन कसरी गर्ने ? भन्दै प्रदेश ५ को स्वास्थ्य निर्देशनालयलाई फोन गरेका थिए ।’ त्यसपछि स्वास्थ्य निर्देशनालयले प्रमुख जिल्ला अधिकारीमार्फत शब उठाउने तयारी गरेको थियो ।

पछि बिरामीको मृत्युको खबर फेरिएपछि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेलाई फोन गरी यथार्थ जानकारी मागेका थिए । मन्त्री पाण्डेले अस्पतालबाट गलत सूचना भएको भन्दै क्षमा याचना गरेका थिए । अस्पतालका अध्यक्ष पाण्डेले पनि मन्त्री बरालले फोन गरेको पुष्टि गरेका छन् । उहाँले तपाईको पूर्व अध्यक्षले मरेको भनेर खबर गर्ने अहिले कुरा अर्के छ भनेर सोधेको र हामीबाट त्यस्तो गल्ती भएको भए क्षमा चाहन्छु भनेर भनेको वर्तमान अध्यक्ष पाण्डेले बताए ।

त्यसपछि पुनः प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले फोन गरी अस्पताल प्रशासनलाई यथार्थ कुरा बाहिर ल्याउनका लागि चेतावनी दिएपछि अस्पतालले विज्ञप्ती निकालेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद कुमार गिरीले बुधबार संचार माध्यममा आएको फरक फरक समाचारको आधिकारीता के हो ? भनि अस्पताल प्रशासनलाई पुष्टि गर्नका लागि निर्देशन दिएको बताएका थिए ।

अस्पतालले बुधबार अपरान्ह विज्ञप्ती मार्फत समाचार गलत भएको र उनको भेन्टिलेटरको सर्पोटमा उपचार भैरहेको र नीजको अवस्था गंभीर रहेको जनाएको थियो ।(पाठकहरुमा बुधबार समाचार प्रकाशनबाट भएको अन्यौलताप्रति बुटवल पब्लिकेशन प्रालि क्षमा प्रार्थी छ । उक्त समाचार प्रकाशनका क्रममा सरकारी स्रोत नै प्रयोग गरेको जानकारी गराउँदछौ । उक्त स्रोत पब्लिकेशनसँग सुरक्षित रहेको समेत जानकारी गराउँदछौं ।)

Related Articles

Back to top button
Close