News

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौँ – नेपालमा थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाको अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको हो।

त्यस्तै आज बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ।

 

यो पनि पद्नुहोस

८ जेठ, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् ।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।

अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् ।

टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन ।

अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेको उनले जानकारी दिए । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

Post navigation
Prev Post

 

Related Articles

Back to top button
Close