News

लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ युवा पक्राउ

दार्चुला : दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए । जसले गर्दा कोरोनाको खतरा समेत बढने सम्भावना भएकाले उनिहरुलार्इ नियन्त्रणमा लिनुपरेको हो,ु प्रहरी नायव उपरिक्षक पदम विष्टले बताए । साथै उनीहरुलाई पक्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले देखाएको छ ।

 

यो पनि पद्नुहोस

काठमाडाैँ । कतारमा पहिलाे पटक नेपालीलाई गोली हानी मृत्युदण्ड दिइएकाे छ। महाेत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हाे।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो ।

तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।

मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।

 

 

Related Articles

Back to top button
Close