News

एउटै जिल्लामा १०१ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौँ – बाँकेको खजुरा र नरैनापुर गाउँपालिकामा एक–एक जना थपिए संगै बाँकेमा मात्रै कोरोना सं’क्रमि’तको संख्या १ सय १ पुगेको छ। बाँकेका एक कोरोना सं’क्रम’णकै कारण एक जनाको मृ-त्युसमेत भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार खजुरा गाउँपालिका–३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका–३ का ३२ वर्षीय पुरुषमा कोरोना देखिएको हो।

थप दुई जनामा कोरोना सं’क्रम’ण देखिएपछि सं’क्रमि’तको संख्या १ सय १ पुगेको हो। नरैनापुरमा कोरोना सं’क्रमि’तको संख्या ७४ पुगेको छ। त्यहाँ एउटै गाउँका ५३ जनामा कोरोना देखिएको छ ।

 

यो पनि पद्नुहोस

 

ताप्लेजुङ । नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ।

सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी पर्नुभएका राईको गए राति निधन भएको हो।

बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।

राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए । खेवाङ प्रहरी चौकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताईन् ।

सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। रासस

 

Related Articles

Back to top button
Close