News

साउदीमा १३ सय ६४ नेपालीमा कोरोना सं’क्रम’ण, ७ जनाको मृ-त्यु, दूतावासको यस्तो अनुरोध

काठमाडौँ – साउदी अरबमा कोरोना स’ङ्क्रमि’त नेपालीको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गु’माएका छन्।

स’ङ्क्रमि’तमध्ये १७ जना महिला रहेका छन्। सं’क्रमि’त नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना सं’क्रमि’त भएका छन्।

साउदी अधिकारीहरुका अनुसार सं’क्र’मणबाट निको हुने नेपालीको संख्या उच्च छ ।

कोरोनाको सं’क्रम’ण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ।

Related Articles

Back to top button
Close