News

के भयो २५ बर्षमै विशाललाई यस्तो, ज्यान बचाइदिन अपिल

काठमाडौं – अष्ट्रेलियाको ब्रिजवेन पुगेका नेपालगन्जका एक युवकलाई पित्तथैलीको क्यान्सर भएपछि उपचार गराउन समस्या भएको छ ।

नेपालगन्जवाट अष्ट्रेलिया पुगेका विशाल पौडेललाई क्यान्सर भएपछि उपचारका लागि सहयोगको अपिल गरेका छन् । पौडेललाई गत मे १२ तारिखमा क्यान्सर भएको पुष्टी भएको हो । उनको हाल व्रिजवेनस्थित आरबि डब्लु एच अस्पतालमा उपचार भइरहेको छ ।

विशालको उपचारका लागि झण्डै १ लाख ६० हजार अष्ट्रेलियन डरल खर्च लाग्ने अस्पतालले जानकारी पठाएको एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले बताएका छन् । त्यती ठूलो रकम विशालले जुटाउन नसक्ने भएकाले सहयोगको अपिल गरिएको हो ।

उनको केही दिन अघि अप्रेसन गरेर पित्तनलीमा जमेको रगत सफा गरिएको भएपनि उनलाई चिकित्सकले थप उपचारका लागि आफ्नो घर फर्कन सुझाव दिएका छन् ।

विद्यार्थी भिषामा अष्ट्रेलिया पुगेका उनी अष्ट्रेलयामा उपचार सम्भव नभएपछि गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डको सक्रियतामा विशालको उपचार भारत लगेर गरिने तयारी भएको छ ।

यसअघि पनि व्रिजवेनकै नेपाली युवक उज्जवल पौडेलको क्यान्सरको उपचार भारतमा भएको र अर्जुन तिमिल्सिना पनि क्यान्सरको उपचारका लागि भारत उड्न लागेको वताइएको छ ।

Related Articles

Back to top button
Close