News

मेरो क्षेत्रमा कोरोना पोजिभिटको कन्ट्याक्ट् ट्रेसिङ पछ्याउँदा आत्तिएँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले यही अवस्था रहे कोरोना महामारी भयावह हुने भन्दै सरकारलाई सचेत गराएका छन् । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले शुक्रबार बिहान ट्विटरमार्फत कोरोनाको टेस्ट र संक्रमतिको सम्पर्कमा रहेकाको ट्रेसमा सुधार गर्न सरकारलाई आग्रह गरेको हुन् ।

आफ्नो क्षेत्रको कोरोना संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ पछ्याउँदा आफू आत्तिएको बताएका छन् ‘मेरो क्षेत्रको कपन, नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभ केसको कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा यसको गति र तरिका देखेर तर्सिएको छु।’ थापा लेख्छन्।, ‘अझै समय छ टेस्ट र ट्रेसमा सुधार गरौँ नत्र स्थिति भयावह हुन्छ।’

सुरुदेखि आफूले उठाएको कुरामा वर्तमान स्वाथ्यमन्त्री भानुभक्त ढकाल गम्भीर नभएको दाबी थापाले गरेका छन्।

Related Articles

Back to top button
Close