News

पाटन अस्पतालमा आईसोलेशनमा रहेका बिरामीको मृत्यु

ललितपूर । शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामीको मृत्यु भएको छ । पाटन अस्पतालमा आईसोलेशनमा रहेका बिरामी अन्य रोगको पनि उपचारका लागि भन्दै पाटन अस्पतालमा भर्ना भएका थिए ।

पाटन अस्पतालमा मृत्यु भएका बिरामी अन्य रोगको उपचार गर्न आएका थिए । पाटन अस्पतालका अनुसारबिरामी आइसोलेसनमा रहेको र उनको कोरोना परीक्षण भइसकेको छ । बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ ।

हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

 

यो पनि पद्नुहोस

अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले सेतोपाटीलाई जानकारी दिए।

उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो।

तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो। अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको भन्दै डिस्चार्ज गर्न योग्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो।

शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न अस्पतालले सुझाएको छ। साथै क्वारेन्टिनबाट घर जानुअघि पनि आरडिटी परीक्षण गर्न र त्यसमा पोजेटिभ देखिए फेरि पिसिआर गर्ने अस्पतालले जनाएको छ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।

त्यसपछि नवजात शिशुसहित परिवारका सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो। परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ। उनीहरूलाई पनि आजै डिस्चार्ज गरिएको छ।

गत वैशाख २४ गते महिलाले काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

 

Related Articles

Back to top button
Close