News

नेपालमा कोरोना संक्रमण पहिलो पटक स्थानीयमा भेटियो

काठमाडौं, २२ चैत । नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप तीन जनामा कोभिड–१९ सङ्क्रमण भएको घोषणा गरेको हो ।

जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन् ।
यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए ।

तर, कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेको पाइएको छ । यो ‘लोकल ट्रान्समिसन’ हो, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ ।
तेस्रो ‘कम्युनिटी ट्रान्समिसन’ हो, जसले महामारीको चरणमा पुर्‍याउन भूमिका खेल्छ ।

Related Articles

Back to top button
Close