News

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

 

नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष, कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा संक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।

संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कन्ट्याक्ट ट्रेसिङको काम हुने मन्त्रालयले जनाएको छ।

आज बिहानै ३० जना संक्रमित थपिएका थिए।

हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ। त्यसमध्ये ७० जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ।

 

Related Articles

Back to top button
Close