News

कोरोनाले आमा गुमाएका शिशुका लागि कांग्रेस नेताले गरे १ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी महिलाका शिशुलाई स्याहारसुसारमा सहयोग पुगोस् भनेर नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

आमाको मृत्यु भएपछि अस्पतालमै रहेका नवजात शिशु शुक्रवार धुलिखेल अस्पतालबाट डिस्चार्जपछि उनका अभिभावकलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले शुक्रबार अस्पतालमै पुगेर १ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

images
यसअघि मन्त्री बस्नेतले शिशुको माध्यमिक तहसम्मको शिक्षा र रोजगारीको ग्यारेन्टी लिने घोषणा गरेका थिए । कोरोना भाइरस संक्रमणका कारण शिशुकी आमाको नेपालमै पहिलो मृत्यु भएको थियो ।

 

 

यो पनि पद्नुहोस

ढाका : शक्तिशाली आँधी ‘अम्फन’का कारण बंगलादेश र भारतका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ । बिहीबारसम्म पूर्वी भारत र बंगलादेशमा गरी ८२ जनाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय मिडियाले दिएका छन् ।

भारतको पश्चिम बंगाल र बंगलादेशका तटीय क्षेत्रमा यसको बढी असर पुगेको बताइएको छ । यसबीचमा हजारौँ घर तथा अन्य भौतिक संरचना आँधीका कारण भत्किएका छन् । कोरोनाभाइरसविरुद्ध जुधिरहेका यस क्षेत्रका मानिसका लागि यो आँधी पछिल्ला केही दशकयताकै ठूलो प्राकृतिक विपद् हो ।

मौसमविदहरुका अनुसार ‘अम्फन’ २० वर्ष भन्दा यताकै ठूलो आँधीबेहरी हो । जुन १७० किलोमिटर प्रतिघण्टाका दरले विस्तार हुन्छ । तटीय क्षेत्रका बस्तीमा आँधीका कारण टेलिफोन, बिजुलीको लाइन समेत काटिनुका साथै थुप्रै रुख भाँचिएका छन् । साथै भौतिक संरचना भत्किएका छन् ।

कोलकातामा मात्रै अन्तर्राष्टिय विमानस्थल नै जलमग्न भएको छ ।  ओडिसा लगायत सहरका लाखौँ मानिस सुरक्षित स्थानतर्फ हिँडेका छन् । यस्तै बंगलादेशका पनि लाखौँ मानिस सुरक्षित स्थान तर्फ गएका छन् । भारतीय मौसमविदहरुले अघिल्लो सातादेखि नै यो शक्तिशाली आँधी आउने सचेत गराएका थिए ।

 

 

Related Articles

Back to top button
Close