News

चिनियाँ वैज्ञानिक भन्छन्, ‘कोभिड-१९ विरुद्धको औषधी पत्ता लाग्यो, पाँच दिनमै भाइरस शून्य’

पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधी अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् । विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘जनावरमा परीक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको छ । औषधी जनावरमा सफल भएको छ ।’

निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधीको परीक्षण गरिरहेको बताए । उनले यो औषधी मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए । उनका अनुसार यो औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ्ग एन्टीबडीको प्रयोग गर्दछ । निर्देशक शीले यो वर्षको अन्त सम्ममा औषधी तयार हुन सक्ने बताएका छन् । उक्त अध्ययन परीक्षण बारे आइतबार साइन्टिफिक जर्नलमा लेख समेत प्रकाशित भएको छ ।

 

यो पनि पद्नुहोस

बीबीसी । अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा १० दिन अगाडी बन्दुक आक्रमण भएको थियो।

उक्त आक्रमण हुँदा भर्खर जन्मिएकी एक बालिकालाई पनि गोली लाग्यो। आक्रमणमा उनकी आमाको मृत्यु भयो भने चिकित्सकहरूले ती नवजात शिशुलाई जोगाए।

सो आक्रमणमा परी दुई दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको थियो। अमिना नाम गरेकी ती बालिकाका बुवा आक्रमणको साक्षी थिए। उक्त दुःखद घटना र छोरीको भविष्यबारे उनी के भन्छन्?

Related Articles

Back to top button
Close