News

अमेरिकामा कोरोनाको कहर : मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या तुलनात्मक रुपमा कमि आएको देखिएपनि पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३९३ जनाको मृत्यु भएको छ ।

adad
अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ९७ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ९७ हजार ६३५ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २५ हजार १५७ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १६ लाख ४४ हजार ६३२ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ३ लाख ९७ हजार २८६ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १७ हजार १०० जनाको आइसीयुमा उपचार भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । न्युयोर्कमा २९ हजार ९ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ३ लाख ६७ हजार ९३६ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १० हजार ९८६ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ५४ हजार ३४९ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ६ हजार २२८ जनाको ज्यान गएको छ ।

त्यस्तै मिचिगनमा ५ हजार १५८, पेन्सिलभेनियामा ५ हजार ६१, इलिनियोइसमा ४ हजार ७१५, कोनेक्टीकटमा ३ हजार ६३७, क्यालिफोर्नियामा ३ हजार ६८५, लुसियानामा २ हजार ६६८ जना, फ्लोरिडामा २ हजार १९०, मेरिल्याण्डमा २ हजार २०७, इन्डियानामा एक हजार ९४१, जर्जियामा एक हजार ८०८, ओहियो एक हजार ८७९ र टेक्सासमा एक हजार ५०३ जनाको मृत्यु भएको छ ।

अमेरिकाका राज्य अनुसारको विवरण हेर्न यँहा क्लिक गर्नुहोला

ad
ad

Related Articles

Back to top button
Close