News

क’तारमा मृ’त्युद’ण्ड दिइएका अ’निलको अ’न्तिम फोन, मलाई आजै सु’ट गर्दैछ

काठमाण्डौ / गएको वैशाख ४ अर्थात अप्रिल १६ तारिख । बिहान त्यस्तै साढे ६ बज्नै लाग्दा महोत्तरीका ओमप्रकाश चौधरीको मोबाइलमा घण्टी बज्यो । फोन कतारबाट आएको थियो । फोन उठाउनुभयो । कतारबाट फोन गर्ने उहाँका भाञ्जा अनिल चौधरी हुनुहुन्थ्यो ।

फोन उठाउन साथ भाञ्जाले भन्नुभयो, ‘मामा आज कतारीको परिवार आउँदैछ, सायद म’लाई आ’जै सु’ट गर्छन् ।’ ओमप्रकाश बोल्न सक्नुभएन ।

अनिल थप बोल्नुभयो, ‘मैले केही ग’ल्ती गरेको छैन, मलाई ह’त्यारा नठान्नु, मलाई आजै सु’ट गर्ने भएरै होला को कोसँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइरहेको छ ।’

ओमप्रकाशले बुवाआमासँग पनि कुरा गराइदिनुभयो । बुवासँग पनि अनिलको बोली एउटै थियो, ‘कसरी यस्तो भयो थाहा छैन, मेरो ब्ल’ड कसरी मि’ल्यो, मैले मा’रेको होइन ।’

अनिलको अ’त्यास र अघिल्लो दिनदेखि आएको फोनले ओमप्रकाशलाई लाग्यो, यो नै भाञ्जासँगको कुराकानी अ’न्तिम हुनेछ ।श’ङ्का सही सा’बित भयो । परिवारलाई प्राप्त भएको कागजात अनुसार अनिलको त्यही दिन अप्रिल १६ तारिख बिहीबार कतारी समय अनुसार बिहानको ६ बजेर ३८ मिनेटमा गो’ली हा’नेर मृ’त्युद’ण्ड दिइयो । अहिले बेलाबेला कतारी नम्बरबाट ओमप्रकाशको मोबाइलमा घण्टी बज्छ । उहाँ झ’स्कनुहुन्छ ।

पहिले पहिले अनिलको ज्या’न बचाउने कुरा गर्न अरुले फोन गर्थे । तर अहिले अनिलको श’व व्यवस्थापनका बारेमा सोध्न फोन गर्छन् । श’व अस्पतालमा छ । एक महिना बि’त्दा पनि श’व त्यतै अ’न्त्येष्टि गर्ने या नेपाल नै ल्याउनका लागि कुर्नेे भनेर परिवारले सोच्न सकेको छैन ।

अनिलकी आमा गीतादेवी चौधरीलाई त छोरोलाई मृ’त्यु द’ण्ड दिइएको कुरा पनि थाहा छैन । परिवार र आफन्तले उहाँलाई यस्तो दुःखद खबर सुनाउनसमेत सकेका छैनन् ।

‘आमालाई बेलाबेला गाउँका महिलाले तिम्रो छो’रालाई मा’रे भन्दा रहेछन्, हामीसँग सोधखोज गर्नुहुन्छ, हामीले भन्न सकेका छैनौं’ ओमप्रकाश भन्नुहुन्छ ।’

किन दिइयो अनिललाई मृ’त्युद’ण्ड ?

परिवारका एक्ला छोरा अनिल चौधरी सन् २०१५ अगष्टमा लेबर भिसामा कतार पुग्नुभएको थियो । कार धुने कम्पनीमा काम गर्नुहुन्थ्यो ।

एसएलसी पास गरेपछि धेरथोर कमाएर फर्कियोस् भन्ने सोचेर बुवा श्यामकिशोर चौधरीले छोरा अनिललाई कतार पठाउनुभएको थियो । श्यामकिशोरका अनुसार अनिलले कतारमा १९ महिना काम गर्नुभयो । यस अवधिमा साढे तीन लाख रुपैयाँ जति बुवालाई पठाउनुभयो पनि ।

तर श्यामकिशोरका आडभरोसा एक्ला छोरा अनिल १९ महिनापछि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको ह’त्याको आरोपमा २ अप्रिल २०१७ मा प’क्राउ पर्नुभयो ।अनिल दो’षी रहेको भन्दै कतारको तल्लो अदालतले २६ मार्च २०१८ मा मृ’त्युद’ण्डको फैसला गरेको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनर’क्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो ।

कानूनी प्रतिर’क्षाका लागि दूतावासमा पठाइएको पेश्की रकमबाट मु’द्दा लड्न आवश्यक खर्च गर्न वैदेशिक रोजगार बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासलाई पत्राचार गर्‍यो । तर कतारको सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई अनुमोदन गरेपछि जे’ल प्रशासनले अनिललाई मृ’त्युदण्’डको फैसला कार्यान्वयन ग’र्‍यो।

भाञ्जा ओमप्रकाश भन्नुहुन्छ, ‘ जे’लमा छँदासम्म ती कतारीको परिवारले मा’फ गरिदिन्छन् र अनिल फर्केर आउँला भन्ने आश थियो, अब सबै सकियो, हामी झन पी’डित भएका छौं, बोल्नलाई कुनै शब्दै छैन ।’ अनिललाई मा’फी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

श-व व्यवस्थापनबारे परिवारसँग समन्वय गर्न बोर्डलाई भनेका छौं :राजदूत

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले अनिलको मृ’त्युद’ण्ड कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको बताउनुभयो । अहिले अनिलको श’व स्थानीय अस्पतालमा राखिएको छ । कतारको प्रकाशनले श’व नेपाल लैजान अनुमति पनि दिएको छ ।

तर को’रोना भा’इरसका कारण नेपाल र कतारमासमेत लकडाउन र अन्तर्राष्ट्रिय उडान ब’न्द भएकाले श’व व्यवस्थापनमा परिवारसँग समन्वय गर्न बोर्डमा अनुरोध गरिएको राजदूत भारद्वाजले बताउनुभयो ।

तर परिवारले भने अझै निर्णय गरिसकेको छैन ।

‘यो बेला छलफल गर्दा आमालाई गा’ह्रो हुन्छ भनेर हामी चुपचाप बसिरहेका छौं, कसरी के गर्ने सोच्न सकेको छैन, हामीलाई फोन चाहिँ आइरहन्छ, कतारमै अ’न्त्येष्टि गर्ने हो कि भन्ने पनि भैरहेको छ, तर सल्लाह गर्न बाँकी छ’ ओमप्रकाशले भन्नुभयो ।(उज्यालो अनलाईन बाट)

Related Articles

Back to top button
Close