News

मकवानपुरकी कोरोना संक्रमित महिलालाई सारियो टिचिङको आइसोलेसनमा

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रहेकी मकवानपुरकी कोरोना संक्रमण देखिएकी एक महिलालाई शिक्षण अस्पताल टिचिङको आइसोलेसनमा सारिएको छ।

पिसिआर परीक्षण गर्दा शुक्रबार मकवानपुरकी ५४ वर्षीया महिलालाई कोरोनाभाइरस संक्रमण देखिएको थियो।

‘उहाँलाई विहान गणेशमान हलमा रहेको आइसोलेसनमा सारिएको हो,’ टिचिङ अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले सेतोपाटीसँग भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ।’

मुटुको समस्याले उनी गत आइतबार सेन्टरमा भर्ना भएकी थिइन्। उनको मुटुको धड्कन र रक्तचाप कम देखिएको थियो।

सुरूमा र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएकोमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

यसअघि उनलाई गंगालाल अस्पतालबाट मनमोहन भास्कुलर सेन्टरमा ‘रिफर’ गरिएको थियो।

Related Articles

Back to top button
Close