News

ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं : काठमाडौं धापासीमा रहेको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना भइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

ग्राण्डीमा कार्यरत ३५ वर्षीय पुरुषको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ग्राण्डीका कर्मचारीसँग सम्पर्कमा रहेका सबै व्यक्तिको नाम लिस्ट संकलन भइसकेको छ। कन्ट्रयाक ट्रेसिङ भने बाँकी छ।

अस्पताल स्रोतका अनुसार कोरोना पुष्टि भएका पुरुषलाई ग्राण्डीकै आइसोलेसनमा राखिएको छ। पीसीआर रिपोर्ट पोजिटिभ आएका कर्मचारी नमुना संकलन गर्नेदेखि परीक्षणका लागि टेकु अस्पतालसम्म पुग्ने गरेका स्रोतको भनाइ छ।

अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपनि अस्पतालको दैनिक काम भने प्रभावित हुनेछैन।

 

यो पनि पद्नुहोस

कोरोना परीक्षण गर्न पालो कुरिरहेका बंगलादेशी नागरिकहरु ।ढाका, ९ जेठ । बंगलादेशको बेक्सिमको फार्मास्युटिकल्स लिमिटेड संसारमै कोरोनाको औषधि बेच्ने पहिलो पहिलो कम्पनि बनेको छ ।औषधिको मूल्य ८ देखि ९ हजार पर्ने बताइएको छ । कम्पनीले सरकारी अस्पतालमा भने यसलाई निशुल्क वितरण गरिने बताएको छ ।बीबीसीका अनुसार बैगलादेशको औषधि उत्पादक कम्पनी बेक्सिम्कोले एन्टिभाइरल औषधि रेमडेसिवियरको एउटा जेनेरिक संस्करण तयार गरेको छ।

उक्त औषधिको जेनेरिक संस्करण उत्पादन गर्ने यो विश्वकै पहिलो कम्पनी हो।रेमडेसिवियरको मूल रुप भने अमेरिकाको गिलिड साइन्सेज नामक कम्पनीले तयार गरेको हो, जुन इबोला भाइरसको उपचारका लागि प्रयोग गरिएको थियो।

हालै अमेरिकामा भएको एक अध्ययनमा रेमडेसिवियरले कोरोना भाइरसका गम्भीर बिरामीको रिकभरी समय कम गर्न मद्दत पुगेको पाइएको थियो। औषधिको प्रयोगपछि पनि मानिसलाई जीवित राख्न भने उल्लेख्य सफलता मिलेको छैन।

विशेषज्ञहरुले रेमडेसिवियरलाई कोरोना भाइरसको लागि ‘जादूको क्याप्सुल’को रुपमा नलिन पनि चेतावनी दिइरहेका छन्। कोरोनाको कुनै औषधि वा भ्याक्सिन बन्न नसकिरहेको अवस्थामा कैयौं देश यो औषधि परीक्षण गर्न इच्छुक छन्।

बेक्सिम्कोको यो उपलब्धिबाट दक्षिण एसियाली मुलुकमा यो औषधि तत्काल आपूर्ति हुन सक्ने निश्चित भने भएको छ। औषधि उत्पादनका लागि बेक्सिम्कोले भारत तथा पाकिस्तानमा साझेदारसमेत खोजिरहेको बताइएको छ।

देशमा २४ घण्टामा १७७३ जनामा संक्रमण देखिएको छ । त्यहाँ संक्रमितको संख्या २८ हजार ५११ पुगेको छ ।बुधबार चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री शेख हसिनासँग महामारीलाई लिएर फोनमा कुराकानी गरेका छन् । चीनले बंगलादेशमा एक विज्ञ टोली पढाउन चाहेको संवादमा सीले जनाएका छन् ।

 

Related Articles

Back to top button
Close