News

कोरोना संक्रमित युवक भन्छन, ‘कोरोना पोजेटिभ छ भन्दा विश्वास लागेन’

डडेल्धुरा – डडेल्धुराका कोरोना संक्रमित युवक उपचार गराउन डडेल्धुरा अस्पताल आएको पुष्टि भएपछि अस्पतालका चार चिकित्सक सहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय ती युवकमा जेठ ६ गते विरामी भएपछि उपचार गराउन डडेल्धुरा अस्पताल पुगेका थिए । तर, अस्पतालले उनलाई स्क्रब टाइफस भएको बताएको थियो ।

डडेल्धुरा अस्पतालमा उपचार गराएर ति युवक घर फर्केका थिए । उक्त युवकको स्वाब सकंलन परिक्षण पछि कोरोना पोजिटिभ देखिएको थियो । स्वाब संकलनमा खटिएका चिकित्सक र अन्य स्टाफहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विष्टका अनुसार जेठ ६ गते स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै घर पठाइएको थियो ।

क्वारेन्टाइनमा रहेका चार चिकित्सक र अन्य तीनजना स्टाफको आज थ्रोट स्वाब संकलन गरिने डडेल्धुरा अस्पतालका सुचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए । कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ ।

अस्पतालले स्क्रब टाइफस देखिएको भन्दै औषधि दिएर पठाएपछि बैशाख १५ गते घर पुगेर २७ गते जिल्ला सदरमुकाममा आई २८ गते कार्यालयमा हाजिर भएको पाइएको छ । उनि योजनाको सम्झौता तथा अन्य काममा पनि सहभागी भएका थिए ।

तर, संक्रमित युवकले भने कोरोना नहोला भन्ने सोचेर कार्यालयको निवासमा बसेको बताएका छन् । कोरोना पोजेटिभ छ भन्दा आफूलाई विश्वास नलागेको भन्दै उनले आफ्नो पिसिआर काठमाडौंमा चेकजाँच गर्नुपर्ने माग राखेको छन् ।

कोरोना संक्रमित युवक अहीले डडेल्धुरा अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष क्षेष्ठले जानकारी दिए । ‘कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य छ । डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखेका छौँ ।’ उनले भने, ‘स्वास्थ्य अबस्था सामान्य हुँदा सम्म यतै उपचार हुन्छ । उदि अवस्था गम्भीर भयो भने सेती अस्पतालमा पठाउने वेवस्था गछौँ ।’

संक्रमित युवक बस्ने आवास तथा चार सरकारी कार्यालय सिल गरिएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

 

Related Articles

Back to top button
Close