News

स्याङजाका ३२ वर्षीय थापाको क्‍वारेन्टाइनमै मृ-त्यु

काठमाडौँ – विश्वभर महा’मारीका रुपमा फैलिएको कोरोनाको स’न्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीले समेत यस महा’मारीबाट ज्यान गुमाएका छन्।

भारतको नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका स्याङजाका हरिनाथ नगरपालिका-२ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको लकडाउनका कारण नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै शनिबार नि’धन भएको हो।

मृ-त-क थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि जिल्ला सदरमुकाम महाराजगंज अस्पतालमा उपचार पश्चात शुक्रबार साँझ पुनः क्वारेन्टाइनमा ल्याइएपछि उनको नि’धन भएको जनाएको छ ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा पुगेका थिए। तर, सरकारले प्रवेश अनुमति नदिदाँ उनलाई सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो।

मृ-त-क क्वारेन्टाइनमा आउनु अघि उनको खुट्टा र अन्ड’कोष सुन्निएको तथा मृगौला सम्बन्धिको समस्या देखिएको थियो।

Related Articles

Back to top button
Close