News

आज जेठ ११ गते आइतबारको राशिफल

शुभप्रभात ! आज मिति २०७७ जेठ ११ गते आइतबार । तदानुसार मे २४, २०२० । ने.सं. ११४० बछलाथ्व । ज्येष्ठ शुक्लपक्ष, द्वितीया । तपाईको आजको दिन कस्तो रहनेछ त ? हेराैं आजकाे राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रीय समाचारका कारण मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला । आफ्नो बोलीले आफैलाई घाटा लाग्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):

पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईंले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग हर क्षेत्रमा रहने योग रहेको छ । तर पनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):

आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बीचमा छोड्नुपर्ने हुनसक्छ । समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनमा प्रविधिको प्रयोग गरी प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलव्धी हासिल गर्न सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):

परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निक्कै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):

स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

पारिवारिक माहोलमा दिन वित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पतिपत्नी बीचको सम्वन्धको गाठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):

स्वास्थ्यले साथ दिने हुँदा सहासी काम गर्न सकिनेछ । प्रविधिको प्रयोग गर्नाले अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):

अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महसुस हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा विचार पुर्याउनुहोला । अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला । आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनुहोला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाइने ग्रहयोग रहेको छ । दाजुभाईहरुसँगको सम्वन्धमा नयाँ पनको विकास हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

Related Articles

Back to top button
Close