News

काठमाडौंको सोह्रखुट्टेका १ जनासहित आज १९ जना कोरोना संक्रमित थप संक्रमितको संख्या ६०३

नेपालमा आइतबार* थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार १९ जना संंक्रमित थपिएका हुन्।

आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ। (*सच्याइएको)

 

यो पनि पद्नुहोस

 

११ जेष्ठ, काठमाडौं ।
नेपाल प्रहरीको महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)को गोली लागेर मृत्यु भएको छ ।

स्वयम्भुमा कार्यरत असई विष्णुबहादुर कार्की गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । उनको टाउकोमा गोली लागेको छ । के कारणले र कसले हानेको हो भन्ने खुल्न नसकेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए ।

यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले आफैंले आफूलाई गोली प्रहार गरेको देखिएको बताए । एसएसपी ज्ञवालीले भने, “व्यक्तिगत तनावका कारणले घटना भएको हाम्रो निष्कर्ष छ ।

अन्य अफिसियल कारण देखिँदैन । घटनाको अनुसन्धानमा जुटेका छौं ।”

 

 

 

Related Articles

Back to top button
Close