News

टाउकोमा गोली लागेका प्रहरीको मृत्यु

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । घट्नास्थलबाट नेपाल प्रहरीका एकजना उच्च अधिकृतले उज्यालो नेटवर्कसँग भने, ‘मृत्यु भइसकेको छ तर डाक्टरले घोषणा गरिसकेको अवस्था होइन ।’

गएराति असई विष्णुबहादुर कार्कीको टाउकोमा गोली प्रहार भएको थियो । उनको टाउकोमा गोली के कारणले र कसले हानेको हो भन्ने केही खुलेको छैन ।

घटनाको अवस्था हेर्दा भने उनी आफैँले गोली हानेर आत्महत्या गरेको देखिएको ती अधिकारीले उज्यालो नेटवर्कलाई बताए । उनलाई त्यहाँका अन्य उच्च तहका प्रहरीबाट दबाब रहेको बुझिन आएको छ । ‘कामको सिलसिलामा उनलाई त्यहाँका अधिकारीबाट दबाब रहेको बुझिएको छ’ ती अधिकारीले भने ।

असई कार्कीको टाउकोबाट अहिले गिदि निस्किएको छ । उनी कुर्सीमा बसेकै अवस्थामा गोली हानेको देखिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थाल्न घटना भएको क्षेत्रलाई नियन्त्रणमा राखेको छ । source ujyaalonetwork.com

Related Articles

Back to top button
Close