Video

काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु हेर्नुहोस (भिडियो सहित)

न्यूज अफ टोखा काठमाडौँ । टोखामा आइतबार भएको मोटोरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । भने २ जना गम्भीर घाईते भएका छन् ।

आइतवार बिहानको करिव ५:१० बजेको समयमा भएको दुर्घटनामा दुवै मोटरसाकलका चालकको मृत्यु भएको हो ।

झोरबाट टोखातर्फ जाँदै गरेको बा ५१ प ११८८ नम्बरको पलसर मोटरसाइकलमा अन्दाजी २३ वर्षका मनोज दुलाल र सामाखुशीबाट झोरतर्फ आउँदै गरेको बा ८५ प ५६६ नम्बरको केटीएम मोटरसाइकलमा २० वर्षका पासाङ्ग तामाङ सवार मोटरसाइकल टोखाको भिल्ली (पञ्चेटार) चोकमा एक आपसमा ठोक्किँदा दुर्घटनामा परेको टोखा- १ झोरका वडाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

दुलालको मोटरसाइकलमा सवार मथुरा दुलाल पनि गम्भिर घाइते रहेको र उनीसँगै अन्य घाइतेहरुको ग्रीन सिटी र ग्राण्डी अस्पतलामा उपचार भैरहेको प्रहरले जनाएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग टोखाका प्रा.ना.नि सोभियत अर्यालले बताको छ ।

दुर्घटनामा परेका सबै झोरका बासिन्दा रहेका छन् ।

Related Articles

Back to top button
Close