News

कोरोना संक्रमित आमाले दिइन् जुम्ल्याहा बच्चाको जन्म, दुवै बच्चा स्वस्थ

 

एजेन्सी । भारतको मध्य प्रदेश कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भारतीय राज्यमा पर्छ । अहिले एउटा समाचार भारतमा भाइरल बनेको छ । एक कोरोना संक्रमित महिलाले स्वस्थ जुम्ल्याहाको जन्म दिएकी छन् ।

अस्पतालका चिकित्सक सुमित शुक्लाले सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ती महिला नर्मल डेलिभरी भएकी छन् । मध्य प्रदेशमा चौथो चरणको लकडाउन चलिरहेको छ ।

लकडाउनकै समयमा संक्रमित महिलाबाट जुम्ल्याहा बच्चा जन्मिएका हुन् । मध्य प्रदेशमा मात्रै संक्रमितको सख्ंया ६ हजार कटेको छ । ज्यान गुमाउनेको संख्या २ सय ५० नाघेको छ ।

 

यो पनि पद्नुहोस

 

वीरगन्ज : कोरोनाभाइरसबाट संक्रमित भएका २ महिने शिशु र १० बालबालिका सहित १८ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनबाट आइतबार राति ११ बजे डिस्चार्ज गरिएका १८ जना, एउटै परिवारका हुन् । अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो ।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

Related Articles

Back to top button
Close