News

नेपालगञ्जबाट एकैदिन यति धेरै लावालस्कर सहित नेपाल भित्रिए… हेर्नुस तस्विरहरूमा! भगतराम थारु, नेपालगञ्ज । नेपाल भारत सीमानाका नेपालगञ्जको जमुनाह भन्सार नाका हुँदै आइतवार ३१ सय नेपाली नागरिक भित…

भगतराम थारु, नेपालगञ्ज ।

नेपाल भारत सीमानाका नेपालगञ्जको जमुनाह भन्सार नाका हुँदै आइतवार ३१ सय नेपाली नागरिक भित्रिएका छन् । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका नेपाली आइतवार स्वदेश फर्किएका हुन् । दैनिक १५ सयको हाराहारीमा नेपालीहरू स्वदेश भित्रिने गरेका छन् । भारतका विभिन्न शहरमा कामको सिलसिलामा गएका नेपाली लामो समय लकडाउनको कारण नेपाल फर्किन पाएका थिएनन् ।

भारत कमाउन गएका नेपालीहरुका लागि सरकारले नेपाल भारत सीमानाका खुकुलो बनाएपछि दैनिक आवतजावत बढ्दो अवस्थामा छ । भारतमा कमाउन गएका नेपाली नागरिक नेपाल भित्रिन थालेका छन भने नेपालमा कमाउन आएका भारतीय नागरिक भारत जाने क्रम बढ्दो छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस भारतमा पनि व्यापक बन्दै गएसँगै र लकडाउनका कारण मारमा परेसँगै कमाउन गएका नेपाली धमाधम भित्रिन थालेका हुन् । दैनिकजसो नेपालगञ्ज भन्सार नाकामा भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकको भीड उत्तिकै देख्न सकिन्छ । यस अघि नेपालगञ्ज भन्सार नाका हुँदै शुक्रबार भारतबाट करिब १५ सयको हाराहारीमा नेपालीहरू भित्रिएका थिए ।

यस्तै जेठ ७ गते बुधबार ३५ सयको हाराहारीमा नेपालीहरू भित्रिएका थिए भने गत साताको आइतवार ७ सय १४ जना नेपाली नेपाल भित्रिएका थिए । नेपालबाट भारततर्फ जाने भारतीय नागरिक पनि उत्तिकै मात्रामा रहेको जमुनाहा प्रहरीले जनाएको छ । नेपाल आइपुगेका नेपालीलाई हरेक जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयले आ आफ्नो स्थानीय तहका नागरिकलाई लिन नेपालगञ्ज भन्सार नै पुग्ने गरेका छन् ।

आफ्ना नागरिक बाटोमै दुःख नपाउन् भनेर नेपालगञ्ज भन्सार नाका पुगेर हरेक स्थानीय तहमा पठाउने पहल भइरहेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय तहमा पु¥याई सोही ठाउँका क्वारेन्टाइनमा राखिने गरेको स्थानीय तहका कर्मचारीहरुले बताएका छन् ।
नेपाल प्रवेश गरेकाहरुलाई ४८ वटा बस, ट्रक, टिप्पर, ट्याक्टर प्रयोग गरेर सम्बन्धित स्थानीय तहमा पु¥याउने छ ।

Related Articles

Back to top button
Close