News

मोदीसँग टेबुलमा नक्सा राखेर कुरा गर्ने हैसीयत राख्छु: गगन थापा

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले नेपालको नक्सा जारी गरेको विषयमा आफु प्रधानमन्त्रीसँग अडिग रहको बताएका छन् । नक्सा आएको र अब भुमि फिर्ता ल्याउँनको लागी संसदबाट संकल्प प्रस्ताव पारित गर्नुपर्ने पनी थापाले बताए ।

एक टेलीभिजनसँगको अन्तवार्ताका क्रममा थापाले आफुले भारतीय प्रधानमन्त्री मोदीसँग सिधा टेबुलमा बसेर नक्सा देखाएर बहस गर्न सक्ने ल्याकत राख्ने पनि बताएका छन् । नेपाली काग्रेसका युवा नेता धरैले आशा गरिएका नेता तपाई अलि वढि विदेशी सँग हेलमेछ भनेर मानिसले शंका गर्छन नी ! भन्ने प्रश्नको जवाफ दिँदै थापाले आफु खुल्ला किताव भएको र जे जे गरिन्छ खुल्ला खुल्ला गरिन्छ भनेका छन् ।

कोठा भित्र लुकेर गरिने कुरा भन्दा खुल्ला खुल्ला गरिने कुरामा विश्वास हुने पनि थापाले बताएका छन् । ‘डोनाल्ड ट्रम्प सँग पनि सिधा सिधाकुरा कुरा गर्ने हैसियत राख्छु ,मोदीले बोलाए भने टेवुलमा नक्सा राखेर कुरा गर्न सक्छु सि ले बोलाए भने त्यहाँ गएर पनि कुरा गर्न सक्छु त्यो मेरो हैसियत छ’ थापाले भनेका छन् ।

 

यो पनि पद्नुहोस

 

काठमाडौं । कोरोना संक्रमणले अर्थतन्त्र धरापमा परेपछि सरकारले एकल महिला र अपांग भएका ब्यक्तिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौति गरेको छ । तर चरम भ्रष्टाचार र कानुनसँग बाँझिने सांसद विकास कोष भने आगमी बजेटमा यथावत रहने भएको छ ।

६० बर्षमुनीका एकल महिला र अपांगता भएका ब्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । कतिपय एकल महिला र अपांगता भएका ब्यक्तिलाई यस्तो भत्ताले केही न्याय पनि दिएको थियो । तर सरकारले कोरोना कहर देखाउँदै भत्ता कतौति गरेको छ । आगमी बजेटमा पनि भत्ता कटौति गर्न लागिएको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

तर स्थानीय तहसँग बाझिनेगरी आउने सांसद विकास कोष यसबर्ष पनि यथावत रहनेछ । अर्थमन्त्रालय स्रोतकाअनुसार प्रत्येक निर्वाचित सांसदहरुलाई ६ करोडका दरले वितरण गर्ने प्रावधानले निरन्तरता पाउनेछ । सांसदहरुलाई दिइने क्षेत्रविकास कोषको स्थानीय तहले पनि निरन्तर विरोध गर्दै आएका छन् । तरपनि सरकारले कोरोनाको कहरमा पनि सांसद विकास कोषलार्ई निरन्तरता दिने भएको छ ।

कोरोना संंक्रमणपछि तहसनहस भएको अर्थतन्त्र जोगाउन भारत सरकारले सांसद विकास कोष २ बर्षका लागि निलम्बन गरिसकेको छ । जनजनमा विरोध भएपनि नेपाल सरकारले सांसद विकास कोषलाई निरन्तरता दिने भएको छ । ‘सांसद विकास कोष सवैभन्दा ठुलो आर्थिक अनिमितताको एक कार्यक्रम हो’, नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले भने ‘यसलाई निरन्तरता दिनु संघिय कानुनको अलंघन पनि हो ।’

अघिल्लो बर्षपनि चौतफी विरोध हुँदा हुँदै सांसद विकास कोष बजेतमा ल्याइएको थियो । अघिल्लो बर्षको सांसद विकास कोष पूर्णरुपमा भने खर्च हुन पाएन । फागुनदेखि नै कोरोनाको त्रास देखिएपछि सांसद विकास कोष पूर्णरुपमा खर्च नभएपनि आंशिकरुपमा भने खर्च भइसकेको छ । source wowsansar.com

 

यो पनि पद्नुहोस

 

 

भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको निधन भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहनुभएका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । उनका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुगेका थिए । शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close